जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको जानकारी गराएको हो ।
शुक्रबार बेलुका ४ बजेसम्म सरकार गठनका लागि तोकिएको समय अवधिभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशको सबैभन्दा ठूलो दललाई नेतृत्व गर्न दिइएको जनाएको छ ।





प्रतिक्रिया