कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका-१ बलभद्रबस्तीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा बेलौरी नगरपालिका-३ पडाउका ३५ वर्षीय राजकुमार रानाको मृत्यु भएको हो। बुधबार सु. प. प्र. ०१-००१ च ५१५२ नम्बरको बोलेरोले से. ३ प २५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका रानालाई धनगढीस्थित माया मेट्रो अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





प्रतिक्रिया