सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम फूल र तिलक (टीका) लगाएर सुरु भएको छ ।
पार्टीको केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा देशका ६ वटा प्रदेशमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यक्रम आजदेखि सुर्खेतमा सुरु भएको हो ।
आज र भोलि दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी पार्टी सदस्य तथा प्रतिनिधिलाई फूल र तिलक लगाएर स्वागत गरिएको छ ।





प्रतिक्रिया