नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र



काठमाडौँ । नेकपा (एमाले)का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गरेका छन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जलि दिँदै तथा परिवारमा समवेदना व्यक्त गरेका छन् ।

पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको समवेदना पत्र पढेर सुनाएको सांसद दीपा शर्माले जानकारी दिइन् ।

समवेदना दिन एमालेका सबै सांसद गएका थिए । नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ८ : १८ बजे