पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । हृदययाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उहाॅको निधन भएको हो । शनिबार साॅझ छातीको दुखाईका कारण अस्पताल भर्ना हुनुभएकी शर्माको उपचारकै क्रममा निधन भएको हो ।
शर्माको अन्तत्येष्टी आज गरिनेछ ।
शर्माले २०६९ देखि ०७५ सम्म निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको थियो । धनुषामा जन्मिएर बनारसमा हुर्किएकी शर्मा प्राध्यापन र पत्रकारितामा समेत संलग्न हुनुहुन्थ्यो ।
पछिल्लो समय उहाॅ सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर हुनुहुन्थ्यो ।



प्रतिक्रिया