सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गर्नुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नेलाई कारवाही गरेर सरकारले भ्रष्टाचार नियन्त्रणको प्रयास गरिरहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्न नमिल्ने बताउनुभयो ।
उहाॅले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्ने आवश्यकता पनि आौल्यउनुभयो ।

प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुॅदा नेपालको स्वाभिमान बढ्ने समेत उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : ०५ बजे