डोनाल्ड ट्रम्पले भ्लादिमिर जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध अन्त्य गर्न सक्ने बताएका छन् । तर शान्ति सम्झौताको हिस्साको रूपमा युक्रेनलाई नेटोमा सामेल गर्न भने उनले अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले २०१४ मा मस्कोले अवैध रूपमा कब्जा गरेको क्राइमियन प्रायद्वीप युक्रेनले फिर्ता लिन नसक्ने पनि बताएका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीसहित युरोपेली संघका शीर्ष नेताहरु युक्रेनको भविष्यबारे छलफलका लागि अमेरिका पुगेलगत्तै ट्रम्पको यस्तो भनाई सार्वजनिक भएको हो ।
ट्रम्पका विशेष दूतका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि “दृढ” सुरक्षा सुनिश्चिततामा सहमति जनाएका छन्, जसमा सम्भावित नेटो–जस्तै सुरक्षा व्यवस्थाको प्रस्ताव पनि रहेको छ । अमेरिकी सुरक्षा सुनिश्चितताको प्रस्तावलाई जेलेन्स्कीले “ऐतिहासिक” भनेका छन् ।
आजको ह्वाइट हाउस बैठक अलास्कामा गत शुक्रबार भएको अमेरिका–रुस शिखर सम्मेलनभन्दा पनि युक्रेनको भविष्यका लागि अझै महत्वपूर्ण सावित हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।
तर यसबीचमा, युक्रेनमा रुसले भीषण हवाई आक्रमण जारी राखेको छ, जसमा गएराति मात्र कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया