गाजामा युद्धबिराम गर्ने र बन्धकलाई रिहा गर्ने क्षेत्रीय मध्यस्थकर्ताको प्रस्ताव हमासले स्वीकार गरेको छ । अमेरिकी दूत स्टीभ विट्कफले जुनमा अघि सारेको ढााचामा आधारित रहेर इजिप्ट र कतारले गरेको प्रस्ताव हमासले स्वीकार गरेको हो ।
पछिल्लो निर्णयसागै हमासले इजरेलबाट नियन्त्रणमा लिएका बाँकी ५० मध्ये आधालाई छोड्ने अपेक्षा गरिएको छ । अझै हमासको नियन्त्रणमा रहेका मध्ये २० जना जीवितै रहेको विश्वास गरिएको छ ।
यो अल्पकालिन ६० दिने युद्धबिराममा गाजा क्षेत्रमा दीर्घकालीन युद्धबिराम गर्नका लागि पनि पहल गरिने छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि हमास ठूलो दबाबमा रहेको संकेत गरेका छन् ।



प्रतिक्रिया