नेपालमा मानव बेचबिखन मुद्दाका आरोपित कुवेतबाट पक्राउ


रासस

१२ भाद्र २०८२, बिहिबार  

0
Shares

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ ।

कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निजलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  १२ : ४३ बजे