रास्वपाले बनायो विधान संशोधन गर्न कार्यदल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल बताएको छ ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदललाई सात दिनको समय दिएर आवश्यकताअनुसार, संसदीय दलको विधान संशोधन गर्न कार्यादेश दिइएको छ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  २ : ५२ बजे