काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्र नेतृत्व र संगठनात्मक पुनर्गठनको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
आइतबार फेसबुकमार्फत नेता थापाले एमालेका नेता ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्न सकिने तर अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट जितेकाले पार्टी पुनर्गठनको विषय उठाउन नैतिक आधार कमजोर रहेको बताएका हुन्।
नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत १२ भाइले छाड्नुस् भन्न मिल्छ। अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन!’
नेता थापाले पोखरेलसहित उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू महाधिवेशनमा केपी ओली नेतृत्वको प्यानलबाट निर्वाचित भएकाले अहिले आएर पार्टी पुनर्गठनको माग गर्नु उपयुक्त नहुने संकेत गरेका छन्।
नेता थापाको भनाइमा, नेतृत्व परिवर्तनको बहस उठाउन सकिए पनि संगठनात्मक पुनर्गठनको माग गर्न उनीहरू नैतिक रूपमा बलियो अवस्थामा छैनन्।





प्रतिक्रिया