देवराज चालिसेले फिर्ता लिए उम्मेदवारी



काठमाडौँ : कांग्रेसको जारी महाधिवेशनमा खुला उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।

उनले केहीबेर अघिमात्रै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका हुन् । सभापति गगन थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् ।

हिजो उनले खुला उपसभापति पदमा उम्मेदवारी दिएका हुन् । चालिसे पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टी प्रवक्ता चुनिएका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ४ : २९ बजे