जडीबुटी सङ्कलन गर्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु



हुम्ला । हुम्लामा जडीबुटी सङ्कलन गर्न गएका एक जनाको मृत्यु भएको छ। ‎मृत्यु‌ हुनेमा सिमिकोट गाउँपालिका–२, ठेहे निवासी अन्दाजी ३२ वर्षीय रूपसिंह बोहोरा रहेका छन्।

‎‎जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक जङ्गबहादुर सिंहका अनुसार, उनी असोज २३ गते जडीबुटी सङ्कलन गर्न भनेर घरबाट निस्किएका थिए।

आइतबार ठेहे खोला नजिकको जङ्गलको भीरबाट लडेर उनको मृत्यु भएको जानकारी आएको उनले बताए ।

घटनास्थलतर्फ प्रहरी गएको छ, शव पोस्टमार्टमका लागि सिमकोटस्थित जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ, उनले भने।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ५ : ४६ बजे