दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र थापाको इजलासमा



काठमाडौँ । व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा शुक्रबार भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुन लागेको हो ।

शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले बन्दीप्रत्यक्षीकरण रिट दिएका हुन् । यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले गत असोज ८ मा तीन दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षी विशेष अदालत, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो लगायतका नाममा आदेश जारी गरेको थियो ।

त्यसैगरी, विपक्षीहरूको नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघे पनि नियम अनुसार पेस गर्न भनिएको थियो । साथै, सर्वोच्च अदालतमा विचाराधीन रहेका दीपक भट्ट विरुद्ध नेपाल सरकार भएका मुद्दाहरू अवलोकनार्थ मुद्दासाथ राखी पेस गर्न आदेश दिएको थियो । 

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार  १० : ५७ बजे