काठमाडौं ओर्लिए भारतीय विदेश सचिव विक्रम मिश्री



काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आएका छन् । मिश्री दुई दिने औपचारिक भ्रमणका लागि आज (बुधबार) नेपाल आएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र साह बालेनको मंसिर पहिलो साता हुने भारत भ्रमणको तयारीका लागि मिश्री काठमाडौं आएका हुन् । भ्रमणका क्रममा मिश्रीले प्रधानमन्त्री साह, परराष्ट्र सचिव अमृतबहादुर राई लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मिश्रीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बुधबार  १० : ४७ बजे