काठमाडौं– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालहरुले दुईतिहाइ मत भएको पार्टी फूटाएर त्यसको चोइटो पनि प्रतिक्रियावादीको सेवामा समर्पित गरेको आरोप लगाएका छन् ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण समारोहमा ओलीले कम्युनिष्टका नाम भजाएर प्रतिक्रियावादीको सेवा गर्नेहरुलाई सवैले चिन्नुपर्ने पनि बताएका हुन् ।
राजनीतिमा इमान्दार प्रयास नगरेकै कारण प्रचण्ड र माधव नेपालहरु खुम्चिदै गएको पनि उनले बताए । ‘विधि र प्रक्रिया भन्दै प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन गरेर चोइटोसमेत उनीहरुलाई बुझाए’ उनले भने ।
प्रतिक्रिया