काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले इङलिस क्लब लिभरपुललाई १–० गोलको नतिजामा पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
फ्रान्सको राजधानि पेरिसस्थित स्टेड डी फ्रान्स स्टेडियममा शनिबार राति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै रियालले सर्वाधिक १४औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
रियालको जितमा ब्रजिलियन खेलाडी भिनिसियस जुनियरले ५९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । त्यसअघि पहिलो हाफमा करिम बेन्जेमाले गरेको गोल अफसाइड भएको थियो ।
खेलअवधि भरि लिभरपुलले गोल गर्ने थुप्रै अवसर सृजना गरेपनि रियालका गोलकिपर थिबाउट कोर्टुवाले त्यसलाई उत्कृष्ट बचाउ गर्दै स्कोरमा कन्भर्ट हुुन दिएनन् ।
प्रतिक्रिया