कांग्रेसले फेरी सरकारको नेतृत्व लिन्छ : सभापति देउवा

यो सरकारले सोच अनुसारको काम गर्न सक्दैन



काठमाडौं– सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले फेरी सरकारको नेतृत्व लिने बताएका छन् । उनले अहिले कांग्रेस सहभागि भएको र अव नेतृत्व नै कांग्रेसले गर्ने बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्नसक्ने अवस्था नरहेको बताएका हुन् । आफूहरुले सोच अनुरुप काम गर्न कांग्रेसले संसदमा बहुमत आवश्यक पर्ने पनि बताए ।

सभापति देउवाले कांग्रेसका पक्षमा बहुमत आउने तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए । ‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्नसक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो, उनले भने, तर अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तैपनि भोलि हामी सबै मिलेर नेपाली कांग्रेसलाई बहुमत ल्याउनेतिर लाग्यौं भने यसले सवैका समस्या समाधा गर्छ । अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ ।

उनले गठबन्धनबाट आफ्नो पार्टीलाई अगाडि बढ्न बल पुगेको पनि उनको भनाइ थियो । यस क्रममा उनले कांग्रेस अझै बलियो बनाउनुपर्ने र यसका लागि शिक्षकहरूको भूमिका रहने बताए । साथै नेपाली कांग्रेसको ठाउँठाउँमा संठगनमा देखिएको समस्या समाधान गर्न जरुरी रहेको उनले बताएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ४ : ०४ बजे