सीद्वारा पार्टीको सैद्धान्तिक नवीनतामा थप उपलब्धि हासिल गर्न आह्वान



बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले पार्टीको सैद्धान्तिक नवप्रवर्तनमा थप उपलब्धि हासिल गर्न आह्वान गरेका छन् ।

शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको सामूहिक अध्ययन सत्रको अध्यक्षता गर्दै महासचिव सीले पार्टीको सैद्धान्तिक प्रगल्भ बुझाइ निरन्तर गहिरो हुनुपर्ने बताए ।

माक्र्सवादलाई चिनियाँ परिवेश र समयको आवश्यकतासँग समाहित गर्न नयाँ सीमाना खोल्नु आजका चिनियाँ कम्युनिष्टको गम्भीर एवम् ऐतिहासिक जिम्मेवारी हो, सीले भने ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : २१ बजे