सडक दुर्घटनामा दक्षिण अफ्रिकामा १५ जनाको मृत्यु



केप टाउन । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा आइतबार साँझ मिनीबस ट्याक्सी र भारी बोक्ने ट्रक ठोक्किँदा एक जना बालकसहित १५ जनाको मृत्यु भएको छ ।

प्रान्तीय यातायात विभागका प्रवक्ता उन्थी बिन्कोसेका अनुसार राति ११ बजेतिर मिडलबर्ग नजिकै एन ९ सडकमा भारी बोक्ने ट्रकले जनावरलाई ठक्कर दिँदा चालकले नियन्त्रण गुमाएको र दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा मृत्यु हुने १५ जना सबै मिनीबस ट्याक्सीका यात्रु रहेको बुझिएको छ । मृत्यु हुनेमा नौ महिला, चार पुरुष र दुई बालिका, दुई वर्षका र दुई महिनाका बालक रहेको प्रवक्ताले जानकारी दिएका छन् ।
ट्रकका चालक भणे सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : १६ बजे