अन्तरराष्ट्रियस्तरमा आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन

ब्रसेल्स । चीनले आफ्नो मुद्रा चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तरराष्ट्रियस्तरमा बढाउन मरमग्दुर प्रयास गरिरहेको छ । यद्यपि अमेरिकी डलरलाई टक्कर दिने गरी चीनले अघि बढाएको आफ्नो मुद्राको अन्तरराष्ट्रिय कारोबार तत्काल साकार हुने देखिदैन । अन्तरराष्ट्रियमुद्रा बनेको अमेरिकी डलर र बेलायतबाहेकका युरोपेली मुलुकमा प्रचलनमा रहेको युरोसँग प्रतिस्पर्धामा रहेको चिनियाँ युआन केही देशमा लेनदेनको…