आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई…