सुस्त श्रवण भएका व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या

दमौली । कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा सञ्चालित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयको हो । सदरमुकाम दमौलीबाट दुई किलोमिटर दूरीमा रहेको उक्त विद्यालयमा सुस्त श्रवण भएको व्यक्ति अध्ययन गर्छन् । तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, नवलपरासीका ती…