जेलमा रहेका खानलाई वकिलसँग भेट्न दिइएन

अट्टक । पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का प्रमुख इमरान खानका वकिलहरूलाई प्रहरीले उनलाई अट्टक जेलमा भेट्न अनुमति नदिएको एआरवाई न्यूजले जनाएको छ । पिटिआईका अनुसार वकिल शीराज अहमद रान्झा र गोहर अलीलाई प्रहरीले नेता खानलाई भेट्नबाट रोकेको हो । कानुन व्यवसायी गोहर अलीले पत्रकारहरूलाई जानकारी दिएअनुसार अदालतको आदेशको बाबजुद पूर्वप्रधानमन्त्रीसँग भेट गर्न नदिइएको हो । अदालतले…