विश्व द्वन्द्वको बढ्दो जोखिममा गइरहेको संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसको भनाइ

नयाँदिल्ली । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जी–२० नेताहरूको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्व राष्ट्रहरूबीचको विभाजन बढ्दै जाँदा विश्वले द्वन्द्वको जोखिम सामना गरिरहेको बताएका छन् । गुटेर्रेसले नयाँ दिल्लीमा पत्रकारसँग भने, “यदि हामी वास्तवमै एक वैश्विक परिवार हौं भने आज हामी एक निष्क्रिय परिवारजस्तो किन देखिन्छौं ?” “विभाजन बढ्दै गएको छ, तनाव बढिरहेको छ, र विश्वास…