रूसी राष्ट्रपति पुटिन र समकक्षी एर्दोगानबीच भेटवार्ता हुँदै

स्तानबुल । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान युक्रेनको खाद्यान्न निर्यात सम्झौतालाई पुनर्जीवित गर्ने विषयमा केन्द्रित भ्लादिमिर पुटिनसँग वार्ता गर्न सोमबार रूसको ब्ल्याक सी रिसोर्ट सोची आइपुगेको टर्कीको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । एर्दोगानसँगै टर्कीका रक्षा, विदेश, ऊर्जा र अर्थमन्त्रीसहितको ठूलो प्रतिनिधिमण्डल रहेको अनादोलु सरकारी समाचार एजेन्सीले जनाएको छ । टर्कीका नेताले बैठकअघि संक्षिप्त उद्घाटन मन्तव्य…