‘बृहत् ब्रिक्स थप सशक्त र सुदृढ हुन्छ’

ब्रासिलिया । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्समा उदीयमान अर्थतन्त्रयुक्त देश नयाँ सदस्यका रुपमा थपिएपछि समूह अझ सशक्त र सुदृढ भएको ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बताएका छन् । ब्राजिलको सरकारी प्रसारण संस्थाको साप्ताहिक कार्यक्रममा उनले छ वटा देश ब्रिक्समा थपिएपछि यो अझ महत्वपूर्ण र शक्तिशाली भएको बताए ।…