पुटिनले टर्की भ्रमण गर्नेमा एर्दोगान आशावादी, खाद्यान्न सम्झौतालगायत समसामयिक बिषयमा वार्ता हुने

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युक्रेनलाई ‘ब्ल्याक सी’ हुँदै आफ्नो खाद्यान्न निर्यात गर्न दिने सम्झौता पुनः स्थापित गर्न अङ्काराले मध्यस्थता गरिरहेका बेला रूसी नेता भ्लादिमिर पुटिनले अगस्टमा टर्कीको भ्रमण गर्ने आशा व्यक्त गरेका छन् । इस्तानबुलको मस्जिदमा जुमेको नमाजपछि एर्दोगानले सञ्चारकर्मीसँग भने, “अहिलेसम्म कुनै निश्चित मिति तय भएको छैन तर मेरा विदेशमन्त्री र…