दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दैः संयुक्त राष्ट्रसङ्घ

नयाँदिल्ली । संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ बालबालिकाले खतरनाक उच्च तापक्रमको सामना गर्नु परिरहेको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (यूनिसेफ) का अनुसार दक्षिण एसियामा करिब ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा परेका छन् । युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजसेकेराले भने, “विश्व नै जलवायु परिवर्तनको…