चीनका विदेशमन्त्री किन गाङ पदमुक्त, नयाँ जिम्मेवारी वाङ यीलाई

बेइजिङ । एक महिनासम्म सार्वजनिक सम्पर्कभन्दा बाहिर रहेको भनिएका चीनका विदेशमन्त्री किन गाङलाई मङ्गलबार पदबाट हटाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको शीर्ष विधायिकाले किनलाई पदबाट हटाउने र उनको स्थानमा उनीभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ । चीनको विदेश मन्त्रालयले यसअघि ‘स्वास्थ्यका…