शिक्षामा समानता खोज्दै नाटक ‘कालो अक्षर, रातो अक्षर’

काठमाडौँ । शिक्षामा देखिएको वर्गीय खाडल चिर्न गरिएको विद्यार्थी आन्दोलनको अगुवाइ गर्ने दुई नेताहरु चिया पसलमा आन्दोलनमा देखिएका समस्या र यसको गन्तव्यबारे समीक्षा गरिरहेका हुन्छन् । विद्यार्थी नेतृत्वमै अन्तरद्वन्द्व पैदा हुने तथा राजनीतिक नेतृत्व र स्वार्थ समूहले विद्यार्थी सङ्गठनमा ‘फुटाउ र राज गर’को नीति लाद्ने कार्य गरिरहेको सन्दर्भलाई कसरी सामना गर्ने भन्ने चिन्ता उनीहरुको थियो…