पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ । चान्द्रमासअनुसार साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । यसवर्ष अधिकमास परेकाले भक्तजनको चान्द्रमासअनुसारको पहिलो सोमबारदेखि नै भीड लागेको हो । साविकअनुसार बिहान ४ बजे पशुपतिनाथ मन्दिरका ढोका खोल्दा भक्तजनको भीड लागिसकेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । अहिले पनि पशुपति क्षेत्रमा…