ब्लिन्केनसँगको वार्ता उपलब्धीमुलक भएको चिनियाँ राष्ट्रपति सीको भनाइ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग बेइजिङमा सोमबार भएको वार्तामा अमेरिका र चीनले थुप्रै विषयमा ‘प्रगति’ गरेको बताएका छन्। शक्तिशाली चिनियाँ राष्ट्रपतिसीले स्थानीय समयअनुसार अपराह्न ४ः३० बजेपछि राजधानीको ग्रेट हल अफ द पिपुलमा ब्लिन्केनसँग भेटवार्ता गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम र अमेरिकी अधिकारीले जनाएका छन् । “चिनियाँ पक्षले हाम्रो स्थिति स्पष्ट पारिसकेको…