श्रीलङ्काको पर्यटन आयमा मे महिनामा उल्लेखनीय वृद्धि

कोलम्बो । श्रीलङ्काको पर्यटन क्षेत्रको आयमा गत मे महिनामा २०० प्रतिशतको उल्लेखनीय वृद्धि भई १३ करोड १५ लाख अमेरिकी डलर पुगेको श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अध्यक्ष प्रियन्था फर्नान्डोले शनिबार सञ्चारकर्मीसँग भने, “मे महिना पर्यटक आगमनका लागि खासै महत्वपूर्ण नमानिए पनि यो उल्लेखनीय वृद्धि भएको हो…