अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

काबुल । अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेकोे तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेकोछ । “तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तरराष्ट्रिय जगत्सँग संलग्न हुन र साझेदारी गर्न इच्छुक नरहेको सङ्केत गर्छ,” ह्युमन राइट्स वाचका महिला अधिकार निर्देशकलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।…