चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलकको चार दिनपछि उद्धार

खलंगा । दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ । घाइते यार्सा सङ्कलकहरुको आज बिहान ९ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । चट्याङबाट घाइते यार्सागुम्बा सङ्कलकहरुको उद्धारका लागि…