वैदेशिक लगानी आकर्षित गर्न संरचनात्मक सुधारमा ध्यान दिन विज्ञको सुझाव

काठमाडौँ । नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानूनी एवं संरचनात्मक सुधार गर्नुपर्नेमा जोड दिइएको छ । लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयोजनमा आज काठमाडौँमा सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को अन्तिम सत्रका वक्ताहरूले नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि कानूनी संरचनासहित लगानीयोग्य आयोजना निर्माणमा विशेष ध्यान…