बिस्केट जात्रा: ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइयाे

भक्तपुर । बिस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइएको छ । आज शनिबार यो जात्रा हर्षोल्लासका साथ मनाइएको छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाउने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट…