सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन

बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उहाँ सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा निधन…