अर्थसमितिको कार्यविधि स्वीकृत

काठमाडौँ । अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकारी दिए । उनका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय समितिको कार्यक्षेत्रभित्र पर्दछन् । कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक…