रवि पदमुक्त भएपछि चितवन २ मा उपनिर्वाचन हुने

काठमाडौं– रवि लामिछाने पदमुक्त भएपछि निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन हुने जनाएको छ । नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि आयोगले कानुनबमोजिम उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले रिक्त भएमा…