एमाले लुम्बिनीको संसदीय दलको नेतामा गिरी सर्वसम्मत चयन

नेकपा (एमाले) लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लिला गिरीलाई सर्वसम्मत चयन गरेको छ । चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ । आज प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले दुवैलाई सर्वसम्मत चयन गरेको हो । गिरी रूपन्देही–२ (१) बाट र आचार्य अर्घाखाँची–१ (२) बाट निर्वाचित सदस्य हुनुहुन्छ । उहाँहरू…