सिक्किममा आएको बाढीमा परी ४३ जना बेपत्ता, उद्धार कार्य जारी

गान्तोक । वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् । एक अधिकारीका अनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजार देखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ…