प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको विरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेको छ । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनको क्रममा आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने बताए ।…