नेपाली संस्कृति संरक्षणका लागि विद्यार्थीलाई अनिवार्य नेपाली टोपी

किमाथाङ्का ।मेरो टोपी कैलासको शिरजस्तो, हिमाली भिरजस्तोकहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने गोपाल योञ्जनको यो गीतले भनेझै ढाका टोपी पहिरिएपछि गर्वको अनुभूति हुन्छ । टोपी सौन्दर्यको साधनमात्र होइन राष्ट्रको पहिचान पनि भएकाले गौरवको महसुस हुने गरेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा रहेको हिमालय माध्यमिक विद्यालयमा नेपाली टोपी अनिवार्य गरेको छ ।…