नदीमा करेन्ट लगाइ माछा मार्ने चार जना पक्राउ

गोरखा । नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दरौँदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पक्राउपर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २८ वर्षका…