पृथ्वीलाई सुरक्षित राख्दै भावी पुस्ताका लागि जोगाउन आह्वान

काठमाडौँ । विश्व मौसम सङ्गठन स्थापना भएको दिन (सन् १९५० को मार्च २३)को स्मरणमा हरेक वर्ष मार्च २३ का दिन नेपाललगायत विश्वभर नै विश्व मौसम दिवस मनाइँदै आएको छ । यसै सन्दर्भमा जल तथा मौसम विज्ञान विभागले मौसम तथा जलवायु क्षेत्रमा कार्य गर्ने तथा सरोकार राख्ने सरोकारवालालगायत सम्पूर्ण जनसमुदायमा दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेको छ…