शोभराजलाई नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिदैं

काठमाडौँ — दुई दशकदेखि हत्या अभियोगमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने तयारी भएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदैछन् । केन्द्रीय कारागारमा रहेका उनलाई शुक्रबार रिहा गरी अध्यागमन विभागको जिम्मा लगाइदैंछ ।नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउन सकिन्छ…