‘भावी सन्ततिका लागि वृक्षरोपण गरौँ’

नवलपुर । जलवायु परिवर्तन रोक्न तथा भावी सन्ततिका लागि स्वस्थ वातावरण सिर्जना गर्नका लागि वृक्षरोपण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तपूर्व)को गैँडाकोट–८ मा रहेको विजय विकास स्रोत केन्द्र (भिडिआरसी)को ४५औँ स्थापना दिवसको अवसरमा आयोजित वृक्षरोपण एवं अन्तरक्रिया कार्यक्रमका सहभागीले वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षरोपण गर्दै वन संरक्षण गर्नुपर्नेमा जोड…