प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु. तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त पुरस्कारको घोषणा गरेका हुन् । “मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईँहरूले जसरी खेल प्रदर्शन गर्नुभयो, तपाईँहरूले मात्र जित्नुभएको छैन,…